दफा ८
खास प्रकृतिका लक्षित घर परिवारको रुपमा सिफारिस गर्न सक्ने
(१) खाद्य सहायता परिचयपत्र प्राप्त लक्षित घर परिवारमध्ये देहायको कुनै अवस्थाका घर परिवारलाई सम्बन्धित स्थानीय तहले खास प्रकृतिका लक्षित घर परिवारको रुपमा सिफारिस गर्न सक्नेछ:-
(क) खेतीको लागि परिवारका कुनै पनि सदस्यको नाममा जग्गा जमिन नभएको तथा रोजगारी वा श्रम गरी जीवनयापन गर्नको लागि समेत श्रम गर्ने अवसर उपलब्ध नभएका कारण दैनिक जीवनयापनको लागि आधारभूत खाध्य पदार्थको व्यवस्था गर्न असमर्थ रहेको घर परिवार,
(ख) प्रचलित कानून बमोजिम; बन्दाबन्दी (लकडाउन) को घोषणा भएको कारण दैनिक श्रमं वा ज्याला मजदुरी गर्नबाट बच्चित भई दैनिक जीवनयापनको लागि_आधारभूत खाघ पदार्थको व्यवस्था गर्न असमर्थ रहेको घर परिवार,
(ग) कुनै कारणबाट भोकमरीको अवस्थामा रहेको घर परिवार,
(घ) आफूले आफ्नो लागि केही पनि गर्न नसक्ने र् आफ्नो भरण पोषणको लागि सहयोग गर्ने परिवारका अन्य सदस्य समेत नभएको अशक्त, असहाय, परित्यक्त वा अति गरिबीमा रहेको घर परिवार,
(ङ) परिवारका सबै सदस्य नाबालिग भएको कारण दैनिक जीवनयापनको लागि आवश्यक आधारभूत खा पदार्थको व्यवस्था गर्न असमर्थ रहेको घर परिवार ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले आफ्नो क्षेत्रभित्र आपतकालीन अवस्था परेको कारण कुनै घर परिवारले दैनिक जीवनयापनको लागि आधारभूत खाद्य पदार्थको व्यवस्था गर्न असमर्थ भएमा त्यस्तो घर परिवारलाई समेत खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस गर्न सक्नेछ।
(३) उपनियम (१) र (२) का अतिरिक्त कुने क्षेत्र वा कुनै स्थानीय तहमा कुनै किसिमको विपद् उत्पन्न भई नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा वा खाद्य सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा समेत सम्बन्धित स्थानीय तहले त्यस्तो घर परिवारलाई समेत खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस गर्न सक्नेछ।
(४) स्थानीय तहले यस नियम बमोजिम कुनै घर परिवारलाई खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस गर्दा बढीमा एक आर्थिक वर्षको लागि मान्य हुने गरी सिफारिस गर्न सक्नेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको_ अवस्थामा खास प्रकृतिको लक्षित घर परिवारको मान्य अवधि एक वर्षमा नबढ्ने गरी देहाय बमोजिम हुन सक्नेछ:-
(क) उपनियम (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बन्दाबन्दी (लकडाउन) को घोषणा भएको अवधिभरको लागि,
(ख) उपनियम (१) को खण्ड (ग) बमोजिम भोकमरीको अवस्था कायम रहेको अवधिभरको लागि,
(ग) उपनियम (२) बमोजिमको अवस्थामा आपतकालीन अवस्था सामान्य नभएसम्मको अवधिको लागि, “र
(घ) उपनियम (३) बमोजिम - विपद् सङ्कटग्रस्त क्षेत्र वा/खाध सङ्घटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा त्यस्तो अवस्था कायम; रहेको अवधिभरको लागि।
(६) स्थानीय तहले यस नियम बमोजिम खास प्रकृतिको लक्षित घर परिवारको :रुपमा सिफारिस गरिएको घर परिवारको विवरण अद्यावधिक गरी राखु पर्नेछ र त्यस्तो विवरण नेपाल सरकारले विकास गरेको विद्युतीय प्रणालीमा समेत सिफारिसको मान्य अवधि समेत खुल्ने गरी राख्नु पर्नेछ।